धादिङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समन्वय समिति, धादिङको आठौं जिल्ला भेलाबाट जिल्ला संयोजकमा लक्ष्मी थापामगर चयन भएकी छिन् ।
भेलाबाट सचिवमा सुनिता पाण्डे चयन भएकी छिन् भने जिल्ला समन्वय समिति ५५ सदस्यीय बनेको छ ।
संयोजकमा चयन लक्ष्मी थापामगर जनयुद्धका सहिद सोमबहादुर थापामगरको जिवन संगीनी हुन् । उनी पनि जनयुद्धकालदेखि नियमित पार्टीमा क्रियाशिल छिन् ।