धादिङ । नेपालमा पछिल्लो समय मिर्गौला रोगीहरु बढ्दो छ । नेपालमा झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला बिग्रीरहेको छ । नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन् । यस्तै, ४ हजार भन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन् ।
पछिल्लो समय धादिङको बेनीघाट रोराङ घर भएका ३५ जना मिर्गौलाका रोगीहरुले नियमित डायलाइसिस गराउँदै आएको पाईएको छ ।
मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ । देशका विभिन्न अस्पस्तालहरुमा डायलाइसिस गराईरहेका बेनीघाट रोराङ गाउँपालिकाका ३५ जनाले गत चालु आर्थिक वर्षमा डायलाइसिस खर्च वापत मासिक ५ हजार बुझिरहेको पालिकाका सूचना अधिकारी परशुराम घिमिरेले धादिङपोष्टलाई बताए ।
मृगौला रोगको लक्षण
बिहान बढी अनुहार सुन्निनु
आँखाको चारैतर्फ र खुट्टा सुन्निनु
भोक कम लाग्नु
वाकवाकी लाग्नु
कमजोरी अनुभव लाग्नु
छिट्टै थाक्नु
शरीरमा रगतको कमी हुनु
कम उमेरमा उच्च रक्तचाप हुनु
कम्मरको तल्लो भाग दुख्नु
पिसाब धमिलो वा रातो हुनु
राति पिसाब लागेको लाग्यै गर्नु