धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले यो वर्ष पनि जिल्लाका ११ वटा विद्यालयलाई ल्यापटप वितरण गरेको छ । स्वास्थ्य कार्यलयले विगत दुई वर्ष देखि नदोहोरिने गरि ११/११ वटा विद्यालयलाई ल्यापटप वितरण गर्दै आएको हो ।
कार्यक्रम अधिकृत मममायाँ तामाङका अनुसार किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार आयोजना कार्यक्रम अन्तर्गत गाउँपालिकाले सिफारिस गरेको ११ वटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर प्रदान गरिएको गरिएको हो ।
यस वर्ष यी विद्यालयले पाए प्रोजेक्टर र ल्यापटप
सुनखानी मा.वि., ज्वालामुखी
महेन्द्रबाराही मा.वि., नेत्रावती
सल्यानटार मा.वि., त्रिपुरासुन्दरी
रि गाउँ मा.वि., गंगाजमुना
बृचेत मा.वि.,खानियाबास
दोङदेन मा. वि, रुविभ्याली
आदर्श मा.वि., थाक्रे
किरान्चोक कार्कीडाँडा मा. वि, गल्छी
पिण्डेश्वरी मा.वि., गजुरी
बाँसखर्क मा.वि., बेनिघाट
अमर आदर्श मा.वि., सिद्धलेक