रुवी भ्याली ५ प्रदेशको नमुना वडा समाजवादी कार्यक्रमका लागि छनोट

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २४, २०८१

धादिङ । बागमती प्रदेश सरकारले नमुना वडा समाजवादी कार्यक्रमका लागि प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका एकरएक वटा वडा छनोट गर्दा धादिङबाट रुवी भ्यालीको वडा नम्बर ५ छनोट भएको छ ।

प्रदेश सरकारले गत मङ्सिर १२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको जसमा प्रदेशले ९० लाख र स्थानीय तहको १० लाख गरि १ करोडको छनोट वडामा लगानी हुनेछ ।

बागमती प्रदेशद्वारा समाजवादी कार्यक्रमका लागि छनोटमा परेका वडाहरुको सूची
धादिङ रुविभ्याली गाउँपालिका वडा नम्बर–५
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–७
चितवनको माडी नगरपालिका वडा नम्बर–९
सिन्धुलीको ध्याङलेख गाउँपालिका वडा नम्बर–१
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर–४
काठमाडौँको शंकरापुर नगरपालिका वडा नम्बर–२
ललितपुरको केन्जोम्सोम गाउँपालिका वडा नम्बर– २
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर–७
सिनधुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर–३
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–३
रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर–५
काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–१
दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर–१

कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र वडाले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसारको कार्यक्रम तय गरी सम्झौता गर्नुपर्ने, सम्झौता पश्चात् प्रदेश सरकार र सम्बन्धित स्थानीय तहको सहलगानीमा कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताएका छन् ।