नीलकण्ठमा पूर्व विद्यार्थी समाजले १० लाखको अक्षयकोष स्थापना गर्ने

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २०, २०८१

धादिङ । नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले १० लाख रुपयाँको अक्षय कोष सहित अभिभावकका लागि प्रतिक्षालय निर्माण गर्ने भएको छ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बोल्दै विद्यालयको पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर सुर्यप्रसाद अधिकारीले समाजको कार्यसमितिको वैठकले निर्णय गरे बमोजिम अक्षयकोष सहित अभिभावक प्रतिक्षालय निर्माण गर्ने घोषणा गरेका हुन् ।

समाजले विद्यालयमा अध्यन गर्ने कोहि विद्यार्थी रकमको अभावमा गुणस्तरीय शिक्षा लिनबाट बन्चीत नहुन भन्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्यन गर्न सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए । विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था बुझ्न देखि विबिध काम लिएर आउने अभिभावकलाई बस्न सहज होस भनि समाजले प्रतिक्षालय निर्माण गर्न लागेको उनले बताएका ।

नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज २०७७ सालमा गठन भएको थियो ।