
धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बालमन्दिर माविको स्वर्ण महोत्सव विव्यस अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा भव्य समारोहका साथ सम्पन्न भएको छ । स्वर्ण महोत्सवको मुख्य समारोह अघि जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, अन्तर सदन नृत्य प्रतियोगिता, साँस्कृतिक झाँकी सहित प्रभातफेरि लगायतका कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
नेपाली काँग्रेसका केन्द्रिय उप सभापति तथा पुर्व उपप्रधान एवम् रक्षामन्त्री पुर्ण बहादुर खड्को प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त समारोहमा संघीय सांसद रामनाथ अधिकारी,प्रदेश सांसद गोविन्द लम्साल,जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना, विभिन्न पार्टीका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि खड्काले नि:शुल्क सँगै मेघा विद्यालयको रुपमा नीलकण्ठ बालमन्दिर माविलाई आगाडी बढाएकोमो नगर प्रमुख भिम प्रसाद ढुङ्गालाई विशेष धन्यावाद दिएका थिए । उनदे नीलकण्ठको मेघा विद्यालय कन्सेप्ट देशै भरि लागु गर्नूपर्ने समेत बताएका थिए ।
२०३१ साल जेष्ठ १९ गते शितलबजार स्थित घाँटीमा छाप्रो बनाएर सुरुभएको नीलकण्ठ पठनपाठन सुरु गरिएको नीलकण्ठ विद्यालयको ५० औं वार्षिकउत्सव कनाउँदै गर्दा अहिले २०४५ सालमा स्थापना भएको खानिगाउँ आधारभूत विद्यालय, २०४८ मा स्थापित स्थापना भएको ईजारा आधारभूत विद्यालय र २०३४ सालमा स्थापना भएको बालमन्दिर माध्यमिक विद्यालय समायोजन भई नीलकण्ठ बालमन्दिर बनेको छ ।