
धादिङ । धादिङबेसीमा सम्पन्न कक्षा १ देखि ५ सम्मको मेमरी गेम प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको छ ।
नीलकण्ठ नगरपालिका ३, को वडा स्तरीय बाल संजालको आयोजना र नीलकण्ठ ३ को सहयोगमा संचालन भएको वडा स्तरीय अन्तर विद्यालय मेमरी गेम प्रतियोगितामा रोजमेरी चाइर्ड केयर बोर्डिङ स्कुल द्वितिय, धादिङ बोर्डिङ स्कुल तृतिय र सान्तोना न्यू धादिङ बोर्डिङ स्कुल भएका छन् ।
विजयी विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि एवम् वडा अध्यक्ष राजकुमार श्रेष्ठले शिल्ड , मेडल, स्टेशनरी सामाग्री र प्रमाण-सहित सम्मान गरेका थिए ।
