धादिङ । रूवी भ्याली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर तामाङमाथि हातपात भएपछि कर्मचारीहरु आन्दोलित भएका छन् ।
बुधवारका दिन दिउँसोको करिव ३:४० बजे वडा नं ३, का वडा सदस्य विनोद तामाङको संलग्नतामा सेर्तुङका स्थानीय करिब १२ जना युवाहरुले अपशब्द, अभद्र व्यवहार तथा बाटो छेकी हातमा ढुङ्गा लाठी र वियरको बोतल बोकेर हातपात गरेको कर्मचारिहरुको विज्ञप्तीमा जनाईएको छ ।
सामान्य प्रशासन शाखा प्रमुखलाई बारंबार फोनबाट धम्क्याएको र निजी निवासमा गएर साँझ ५:४० बजे जवरजस्ती कोठा भित्र पसी अपशब्द, अभद्र व्यवहारका साथै हातपात गरेको २५ जना कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुले सुरक्षाको माग गर्दै दोषीमाथि कारवाही गरि कार्यस्थलमा काम गर्ने वातावरण र सुरक्षाको प्रत्यभूत नभएसम्म रूवी भ्याली गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय तथा सम्पूर्ण वडा कार्यालय र स्वास्थ्य संस्थाहरुबाट हुने अत्यावश्यक बाहेक अन्य सेवाप्रवाहहरु बन्द हुने जनाएका छन् ।
गाउँपालिकाका प्रमुख राम सिंह तामाङका अनुसार सेवा प्रवाहित बनाउन हुँदैन हामी छलफलमा छौं । दुबै पक्षलाई बोलाएको छु । अब छलफल कै माध्यमबाट सेवा सूचारु हुन्छ । सेवा प्रवाहित हुन दिन्नौं उनले भने ।