नीलकण्ठको हाजिरीजवाफमा २४ विद्यालयले भाग लिए

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १७, २०८१

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा २४ विद्यालयले भाग लिएका छन् ।

पहिलो चरण पार गर्ने १० विद्यालयहरु
धादिङ बोर्डिङ धादिङबेसी, वागेश्वरी मावि गल्छी, मुनाल एकेडेमी, महेन्द्र बाराही मावि नेत्रावती डवजोङ, चिल्ड्रेनपार्क मावि धादिङबेसी, त्रिपुरासुन्दरी मावि ज्वालामुखी, आदर्श मावि गजुरी, सुनौलो भैरवि मावि नीलकण्ठ, न्यू किबो बोर्डिङ धादिङबेसी र महेन्द्र मावि नीलकण्ठ

२४ विद्यालय बीच पहिला छनोट चरण पार गर्ने विद्यालयका विद्यार्थीहरुले हाजिरीजवाफमा प्रतिस्पर्धा गरेका थिए । जसमा धादिङ बोर्डिङ धादिङबेसी प्रथम, वागेश्वरी मावि गल्छी द्वितिय, मुनाल एकेडेमी तृतिय र महेन्द्र बाराही मावि नेत्रावती डवजोङ सान्तोना भए ।

प्रतियोगितामा प्रथमलाई ६ हजार, द्वितियलाई ४ हजार ५००, तृतियलाई ३ हजार ५०० र यातायात र खाजा बापत सहभागी विद्यार्थीलाई जनही १ हजार ५०० प्रदान गरिएको प्रधानाध्याप ध्रुव अधिकारीले धादिङपोष्टलाई बताए ।