धादिङ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा धादिङ ज्वालामुखि गाउँपालिका निवासी सन्तोषी श्रेष्ठलाई मंगलबार ९० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ ।
राखेपले विभिन्न ४ खेलका ८ खेलाडीलाई सम्मान गर्दा धादिङकी सन्तोषी श्रेष्ठ एथलेटिक्स विधाबाट पुरस्कृत भएकी हुन् ।
सन्तोषी गत वर्ष बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण पदक जितेको आधारमा सम्मानित भएकी हुन् ।