धादिङ । योङ कम्युनिष्ट लिग (वाईसिएल) धादिङको चौथो जिल्ला भेलाबाट राज लम्साल जिल्ला संयोजक चयन भएका छन् ।
माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाबाट नव गठित ३९ सदस्यीय वाईसिएल धादिङको सचिवमा गजुरीका राजन लामा चयन भएका छन् । संयोजक लम्साल तेक्वान्दोको सेकेण्ड डान हुन् भने, सचिव लामा करातेका प्रशिक्षक हुन् ।
माओवादी केन्द्रको पार्टी र संगठनहरु समन्वय समितिको ढाँचामा लान सुरुगरिए सँगै अब हरेक कमिटीहरुको पदाधिकारीमा संयोजक र सचिव हुने हुँदा वाईसिएलको जिल्ला समिति त्यहि ढाँचामा गठन भएको संयोजक लम्सालले धादिङपोष्टलाई बताए ।
भेलामा नेकपा माओवादी केन्द्रिय सदस्य राम बहादुर भण्डारी, केन्द्रिय सल्लाहाकार समिति सदस्य बेदनिधि अधिकारी, जिल्ला संयोजक मनराज भण्डारी,सचिवमा सुवोध लामिछाने लगाएतको आतिथ्यता रहेको थियो ।