
धादिङ । धादिङ धुवाँकोट घर भई यूके बस्दै आएका धनबहादुर तामाङ धादिङ-नुवाकोट समाज युकेको छैटौं अधिवेशनबाट अध्यक्षमा पुनः चयन भएका छन् । यसअघि उनी २०७८ असारमा सम्पन्न पाँचौ अधिवेशनबाट पनि उनी अध्यक्षमा चयन भएका थिए ।
छैटौं अधिवेशबाट उपाध्यक्ष गोल ब तमाङ, उपाध्यक्ष शंकर जङ्ग लामा, उपाध्यक्ष मोतिमान बज्राचार्य, महासचिव बुद्धि बा तामाङ कोषाध्यक्षमा शेर पाख्रीन रहेको १७ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । कार्यक्रममा कलाकार लक्ष्मी खड्कालाई सम्मान गरिएको थियो ।
धादिङ र नुवाकोट घर भई यूकेमा बसोबास गर्दै आईरहेकाहरुको यस संस्थाले धादिङ र नुवाकोटमा सामाजिक सेवामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।