गजुरी, सिद्धलेक र बेनीघाट रोराङले दमकल ल्याउँदै

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १२, २०८१

धादिङ । धादिङका गजुरी, सिद्धलेक र बेनीघाट रोराङका प्रमुखहरु यतिबेला दमकल खरिदको शिलशिलामा भारतमा छन् ।

पालिका अध्यक्षहरु गणेश लाल श्रेष्ठ, परशुराम खतिवडा कृष्णबहादुर थपलिया (विवेक) र गजुरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी दमकल खरिद पक्रियाका लागि यतिबेला भारतमा रहेको र दश दिन भित्र दमकल आईपुग्ने उनीहरुलाई उदृढ गर्दै गजुरीबाट संचारकर्मी गणेश पाण्डेले धादिङपोष्टलाई बताए ।

धुनीबेसी र नीलकलण्ठ नगरपालिकाको दमकलले मात्रै सेवा दिन नभ्याउने भएपछि यी तीन पालिका मिलेर यसै वर्षको वजेट खर्च गर्ने गरि मिलेर दमकल ल्याउन लागेका हुन् ।