धादिङ । राष्ट्रिय भलिबल दिवसको अवसरमा जिल्ला भलिबल संघ धादिङले सिद्धलेक स्थित सलाङ इटपानीमा मंगलबार आयोजना गरेको मैत्रिपूर्ण भलिबल प्रतियोगिता जलेश्वरी माध्यामिक विद्यालयले जितेको छ । जलेश्वरी माविको भलिबलको विकासमा शिक्षक सन्दिप थापामगरले योगदान गर्दै आएका छन् ।
सिद्धलेक गाउँपालिकाका आठ वटा माध्यामिक विद्यालय सहभागि उक्त प्रतियोगितामा जलेश्वरीले फाईनलमा सलाङकै कालिदेवी माविलाई २५–९, २५–१२ को स्कोरमा पराजित गर्दै फाईनल जितेको हो । प्रतियोगितामा अमर आदर्श मावि तृतिय बनेको छ ।
विजेता खेलाडीहरुले मेडल र प्रमाण पत्र पाए । प्रतियोगिताको लागि कुनै सहयोग नगरेको गाउँपालिकाका प्रमुख परशुराम खतिवडा र उप प्रमुख सबिता अर्याल विना संकोच पूर्व राष्ट्रिय खेलाडी सिता श्रेष्ठले व्यवस्थापन गरेको केक काट्न र विजेता खेलाडीलाई प्रमाण पत्र बाड्न पुगेका थिए ।
स्थानीय सरकारका प्रमुख/उप प्रमुख नै प्रमाण पत्र बाड्न आएपछि खेलाडीलाई प्रत्सोहान स्वरुप थोरै भएपनि आर्थिक सहयोग खाजा खर्च व्यवस्थापन हुने आशा व्यक्त गरिए पनि कुनै सहयोग नभएको खेलाडीहरुले बताए ।
यी विद्यालयहरु थिए प्रतियोगितामा
नलाङ पात्ले मावि, सिद्धलेक
सिद्धेश्वर मावि, सिद्धलेक
नलाङ मोडल एकेडेमी, सिद्धलेक
अमर आदर्श मावि, सिद्धलेक
अकला मावि, सिद्धलेक
पञ्चमुखी मावि, सिद्धलेक
जलेश्वरी मावि, सिद्धलेक
कालिदेवी मावि, सिद्धलेक