धादिङ । जिल्ला भलिबल संघ धादिङले सलाङमा भोली मैत्रीपूर्ण अन्तरमावि छात्रा भलिबल प्रतियोगिता गरि राष्ट्रिय भलिबल दिवस मनाउने भएको छ ।
संघले सिद्धलेक–३ स्थित सलाङ इटपानीमा रहेको मनकामना समाज सुधार क्लवको खेल मैदानमा आयोजना गर्ने उक्त छात्रा भलिबलमा आठ टिमले भाग लिने अध्यक्ष तिलक गुरुङले जानकारी दिए ।
सहभागी हुने विद्यालय
नलाङ पात्ले मावि, सिद्धलेक
सिद्धेश्वर मावि, सिद्धलेक
नलाङ मोडल एकेडेमी, सिद्धलेक
अमर आदर्श मावि, सिद्धलेक
अकला मावि, सिद्धलेक
पञ्चमुखी मावि, सिद्धलेक
जलेश्वरी मावि, सिद्धलेक
कालिदेवी मावि, सिद्धलेक
२०७४ साल जेठ ८ गते नेपाल सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । यसै दिनलाई नेपाल भलिबल संघले भलिबल दिवसको रुपमा मनाउँदै आएको छ ।