धादिङ । प्रगतिवादी लेखकहरूको संगठन अखिल नेपाल लेखक सङ्घको चौंथो राष्ट्रिय सम्मेलनबाट महासचिव सहित दुई जना धादिङबाट चयन भएका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतमा काठमाडौंमा शनिबार सम्पन्न सम्मेलनबाट महासचिवमा धादिङका जीत अधिकारी र सदस्यमा दिपक बस्नेत (सुरप्रताप) चयन भएका हुन् ।
सम्मेलनले स्वप्निल स्मृति अध्यक्ष रहेको ५२ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रामहरी श्रेष्ठ, नारायण मरासैनी, पञ्चकुमारी परियार रहेका छन् ।