धादिङबाट १५ जना बागमतीको युवा सम्मेलनका लागि छनोट

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०८१

धादिङ । यही वैशाख २८, २९ र ३० गते प्रदेशको १३ जिल्लाका युवाको सहभागितामा हुने बागमती प्रदेशस्तरको युवा सम्मेलनका लागि धादिङबाट १५ जना छनोटमा परेका छन् । सम्मेलनमा सहभागी हुन बागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका २०० जना युवा छानिएका छन् ।

सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुने जनाईएको छ । सम्मेलनमा सहभागी हुन ५३७ जनाले अनलाइनमार्फत् आवेदन दिएकामध्ये २०० जना छनोट हुँदा धादिङबाट १५ जनाले नाम निकालेका हुन् भने २ जना बैकल्पितमा परेका छन् ।

धादिङका को को छनोट भए ?
आकाश थापा तामाङ, प्रविण कडेल, रचना श्रेष्ठ, रजनी पन्त, राजेश्वर बस्नेत, राजु रेग्मी, रञ्जिता अधिकारी, रिया पण्डित, हेमनाथ बिडारी, मनिश वि.क., बेगमहादुर गुरुङ, मनिश सिलवाल, लक्ष्मी थापामगर र बैकल्पितमा सुदिप गौली, प्रदिप सिलवाल

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गर्न लागेको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले बताएका छन् ।

सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस्, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप रहने कार्यकारी उपाध्यक्ष चौलागाईँले बताए ।