एमाले धुनिबेसीको अध्यक्षमा दिनेश बासकोटा

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०८१

धादिङ । नेकपा (एमाले), धुनिबेसी नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा दिनेश बासकोटा चयन भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा मंगलकुमार भ्लोन, सचिवमा प्रदिप कुँवर, उपसचिवमा रमिला भट्टराई सेढाई, उप-सचिवमा विष्णु गुरुङ, लेखा आयोग अध्यक्षमा राजेशराज पाण्डे चयन भएका छन् ।

अधिबेशनको उद्घाटन केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरेका थिए ।