नीलकण्ठले ७० लाखको लागतमा चौतारो बनाउँदै

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २६, २०८१

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ चिलाउने बोटेमा नीलकण्ठ नगरपालिकाले ७० लाख खर्च गरेर चौतारो निमार्ण गर्ने भएको छ । चौतारोको आज नीलकण्ठमा नगर प्रमुख भिम प्रसाद ढुङ्गाना र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरले शिलान्यास गरेका हुन् ।

निमार्ण सुरु भएको उक्त चौतारोको नाम न्यायमुर्ती राम शाह (धर्म चौतारो) राखिएको छ । नीलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाको भगिनी सम्बन्ध भए अनुसार एक अर्को पालिकाको प्रर्यटन प्रबर्द्धन गर्ने उदेश्य नीलकण्ठले गोरखा नगरपालिकाको प्रतिक स्वरुप उक्त चौतारो ७० लाख खर्च गरेर बनाउन लागेको बताईएको छ ।