न्यू किबोमा मातातीर्थ औंसी विशेष कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २५, २०८१

धादिङ । धादिङबेसी पुछार बजारमा रहेको न्यू किबो बोर्डिङले मातातीर्थ विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षक अनुप क्षेत्रीका अनुसार कार्यक्रममा आमा शिर्षकमा ६० जना भन्दा बढी विद्यार्थीहरुले सहभागीता जनाएका थिए । उनीहरुले आमा प्रतिको मायाँलाई कथा, कविता, मुक्तक, निबन्ध मार्फत दर्शाएका थिए ।

कार्यक्रममा यस पर्वको औचित्यका बारेमा प्रिन्सिपल प्रयास रेग्मीले आमा प्रतिको मायाँ वर्षमा एक दिन हैन ३६५ दिन नै दर्शाउनु पर्ने विद्यार्थीहरु माझ राखेका थिए ।