शिक्षक महासंघ धादिङ गठन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०८१

धादिङ । धादिङमा विभिन्न पाँच पार्टी निकट रहेका शिक्षकहरु सम्मिलित नेपाल शिक्षक महासंघ धादिङ गठन भएको छ । जसको अध्यक्षमा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका ठान प्रसाद बसौला अध्यक्ष रहेको २१ सदस्यीय समिति गठन भएको छ । यद्यपी कोटा निधारण भए अनुरुप संघ/संगठनरुले आफुले पाएको पदमा अझै नाम पठाउने बाँकी रहेकोले कार्यसमितिको पूर्ण नामावली भने सार्वजसनक नभएको बताईएको छ ।

एमाले, कांग्रेस माओवादी केन्द्र लगायत पाँच पार्टी निकट शिक्षकहरुको शनिबार सम्पन्न जिल्ला भेलाबाट गठन भएको उक्त समितिको सह-अध्यक्षमा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट खिलबहादुर धमला चयन भएका छन् भने महिला उपाध्यक्षमा नेपाली कांग्रेस निकट शिक्षक संघकी सरस्वती रिमाल चयन हुँदा सचिवमा शिक्षक संघबाट नरहरि लम्साल, सह-सचिवमा पीएनएनटीएबाट जानुका खनाल नेपाल राष्ट्रिय शिक्षक संगठनबाट ध्रुवराज खनाल र सह-सचिवमा एअनेशिसबाट जानुका सापकोटा चयन भए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष तिलक चेपाङका अनुसार शिक्षक महासंघ जिल्ला शाखा गठन हुन नसक्दा एकीकृत रुपमा हुने शैक्षिक सवालका मुद्धाका आन्दोनलहरुमा समस्या हुने गरेको थियो । अब त्यो हल भएको छ । शिक्षक महासंघ शिक्षक संगठनहरुको साझा फोरम बनेपछि जिल्लामा शिक्षक एकता प्रगढ हुने उनले धादिङपोष्टलाई बताए ।