तिमल्सिना समाज धादिङद्वारा आजिवन सदस्यलाई सम्मान

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ९, २०८१

धादिङ । तिमल्सिना समाज नेपाल धादिङले नयाँ वर्ष २०८१ को अवसरमा आजीवन सदस्य हरूलाई सम्मान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष दीपकराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा तिमल्सिना समाज नेपाल धादिङका अध्यक्ष बालकृष्ण तिमल्सिना को अध्यक्षतामा रहेको थियो ।

समाजका महासचिव विदुर तिमल्सिनाको संचालनमा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव तिमल्सिनाले स्वागत गरेका थिए भने महिला उपाध्यक्ष रञ्जिता खनाल तिमल्सिना र सह कोषाध्यक्ष कल्पना मिश्र तिमल्सिनाले पुष्प गुच्छा र माला लगाई अतिथिहरुलाई सम्मान गरेका थिए ।