धादिङको १२० सहित बागमतीका २६६ सहकारी विरुद्ध उजुरी

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं । धादिङका १२० सहित बागमती प्रदेशका २२६ सहकारी विरुद्ध उजुरी परेको छ । ६ वैशाख २०८१ सम्म बागमती प्रदेशका २६६ वटा सहकारीविरुद्ध उजुरी परेको हो ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखा अनुसार सबैभन्दा धेरै काठमाडौंको १ हजार ७०३, ललितपुरको ४७८, भक्तपुरको १७०, काभ्रेमा १७८, नुवाकोटको १४०, धादिङको १२०, चितवनको १२७, मकवानपुरको ७४, दोलखाको ८६, रसुवाको ३७, रामेछापको ७१, सिन्धुलीको २५ र सिन्धुपाल्चोकको २६ वटा सहकारी विरुद्ध उजुरी परेको छ ।

बागमती प्रदेशमा बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध र अन्य गरी ३ हजार २ सय ४८ वटा सहकारी सञ्चालनमा छन् । सबैभन्दा धेरै बचत तथा ऋण १ हजार ५४२, बहुउद्देश्यीय १ हजार १८५, कृषि २५४, दुग्ध ४८ र अन्य प्रकृतिका सहकारी २१९ छन् ।