कमल सापकोटा नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चयन

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ३, २०८१

धादिङ । नेपाल सरकारद्वारा गत महिना नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा नियुक्त भएका नीलकण्ठ नगरपालिका ज्यामरुङका राम प्रसाद सापकोटा “कमल ” बोर्डको उपाध्यक्षमा चयन भएका छन् ।

फ्रान्सको वर्ल्ड युनिभर्सिटीले मानार्थ विद्यावारिधी पाएका ‘सापकोटाले साउथ एसियन यूथ टुरिजम अवार्ड र २०१९’ सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११ तथा एसियाभरीको अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरु प्राप्त गरि सकेका छन् । उनी माउन्टेन डिलाइट्स ट्रेकिङ, काठमाडौं गार्डेन होम, दिदिज टेडर्स नामक ह्याण्डिक्राफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभल, लगायतका कम्पनी सञ्चालन समेत हुन् ।

पर्यटनलाई मुलुकको आर्थिक आधारको रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्‍याउन संस्कृति र पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र प्रवद्र्धनका लागि पर्यटन बोर्डको स्थापना २०१६ सालमा भएको थियो ।