नीलकण्ठ र बालमन्दिर मर्ज

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले धादिङबेसीका दुई ठुला नीलकण्ठ मावि र बालमन्दिर मावि सहित इजारा अविलाई मर्ज गरेको छ । नीलकण्ठ माविमा गत आवमा ३ हजार र बालमन्दिरमा १ हजारको हाराहारीमा विद्यार्थीहरु थिए ।

नगरपालिकाले शिक्षाको सुधारका लागि एकवडा एक मावि अवधारण तयर गरेको र त्यहि अनुरुप नीलकण्ठ ३ मा एक मात्रै सरकारी विद्यालय बनाईएको नगरप्रमुख भिम प्रसाद ढुङ्गनाले बताएका छन् ।

पत्रकारहरु सँग् कुरा गर्दै प्रमुख ढुङ्गानाले नगरमा रहेका सबै विद्यालयहरुमा परिक्षा मार्फ प्रधानाध्यापक चयन गरिने समेत बताए । नगर उप प्रमुख दिपक विश्वकर्माले अब नीलकण्ठ नगरपालिकामा रहेका सरकारी विद्यालयहरु पूर्ण निशुल्क हुने, नगर प्लस टुको पढाई दिउँसो सञ्चालन हुने बताएका छन् ।