धादिङ । धादिङको गजुरी १ मा रहेको मुनाल एकेडेमीको २० औं अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । आईतबार मनाईएको उक्त दिवसको अवसमार विद्यार्थीको नतिजा प्रकाशन तथा पुरस्कार वितरण समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठले मुनाल एकेडेमीले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताएका थिए । राम्रो कुरा सबैले अनुशरण गर्नुपर्छ शिक्षाको विकास विना अरु गौण रहेको बताउँदै प्रमुख श्रेष्ठले पालिका भित्रका विदालयहरुलाई गुणस्तरी शिक्षामा जोड दिन निर्देशन समेत गरेका थिए ।
कार्यक्रममा प्रिन्सिपल रमेश कुमार श्रेष्ठले मुनाललाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्दै अभिभावक, विद्यार्थी र शिक्षकहरुको सकृयता र लगनशिलताको कारणले विद्यालयले फड्को मार्न सफल भएको बताएका थिए । विद्यालय संचालक समिति अध्यक्ष शुक्ल बहादुर उप्रेतीले आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर शैक्षिक सुधारमा समेत विशेष ध्यान दिइने बताएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा ९ सम्म कक्षागत तथा तहगत उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न आन्तरिक प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।