धादिङ । नेकपा एमाले निकट प्रेस चौतारी धादिङको अध्यक्षमा श्री हजुर सिलवाल (राजन) चयन भएका छन् । सोमबार धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा सम्पन्न २५ औं साधारणसभा तथा बिस्तारित भेलाले श्रीहजुर अध्यक्ष रहेको जिल्ला समिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा रेख बहादुर गुरुङ, पबित्रा थापा मगर, सचिवमा अनिल नेपाली, सह–सचिवमा बिनोद तमु, कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन गरेको छ । सदस्यहरुमा सुदिप अधिकारी, बिरमान तामाङ र चिनु सारु मगर चयन भएका छन् ।
उक्त भेलाको अवसरमा चौतारीले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अर्जुन श्रेष्ठ र राजाराम ढंगोल छन् । नगद सहित पुरस्कृत गरिएको भनिएपनि कति नगद प्रदान गरिएको छ त्यो भने नखुलाईएको सह–सचिवमा बिनोद तमुले धादिङपोष्टलाई बताए ।