धादिङ । धादिङका दुर्गम विद्यालयहरुले नयाँ शैक्षिक सत्रका लागि अझै किताव लिन आएका छैनन् । भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने सरकारको उद्देश्य अनुरुप धादिङमा पनि पुस्तक समय मै आईपुगेको छ तथापी विद्यालयहरुले भने अझै पुस्तक लगेका छैनन् ।
धादिङमा धार्के, गजुरी, चरौंदी र धादिङबेसीमा पुस्तक वितरण डिपो राखिएको छ गुर्गम क्षेत्रका चाडै पुस्तक पठाउनु पर्ने हो तर डिपोमा पुस्तक आईपुसगे पनि उनीहरु पुस्तक लिन नआएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष नारायणकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए । उत्तरी धादिङको रुबीभ्यालीमा २१ विद्यालय मध्य ४ वटा विद्यालयले मात्रै पुस्तक लगेका छन् भने खनियाबासका २७ विद्यालय मध्य १० वटा विद्यालयले मात्रै पुस्तक गलेका छन् ।
यस्तै गंगाजमुनाका ४७ विद्यालय मत्तय १८ विद्यालयले मात्रै पुस्तक लगेका छन् । धार्के पुस्तक डिपो (जयकाली स्टेशनरीबाट १०५ विद्यालयले पुस्तक लानु पर्नेमा हाल सम्म ५ वटा विद्यालयले मात्रै पुस्तक लगेका छन् भने गजुरी डिपो र चरौंदी डिपोमा पनि विद्यालयहरु पुस्तक लिन आएका छैनन् । धादिङबेसी डिपोबाट भने १०८ विद्यालय मध्य ५० वटाले पुस्तक लगेको पाईएको छ ।