पुर्खा हिडेको माटो

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २६, २०८०

बा आमा भन्न हुँदैन रे अहिले, ममि र बाबा अ हो
ड्याडी, पापा, अनि के हो के हो, सुन्दै अनौठो छ हो ।
भन्दा हुन्छ बिग्रिन्न कहीकतै, उस्तै सिकाउने पनि
रीति, थितीअनि परम्परा, अति जरुरी छनी ।
(१)

भन्छन दादा भनिकन हेर, दाईभन्नै गारो भयो
नयाँआयो आनीबानी सबै, सँस्कार कता गयो ?
काका काकी होइन अहिले, अंकल र आन्टी अरे
बालबच्चालाई अभिभावकनै, सिकाउन लागि परे ।
(२)

हजुरबालाई बा भन्छन अहिले, हजुरआमा आमा अरे
खै के आयो नयाँ चलन त्यो, यस्तै अनौठो छरे ।
के हुँदो हो भन्न र भनाउन, ती सबै पहिलेको
चलन के हो, अनिकसो अहो, गजब्ब छ अहिलेको ।
(३)

यस्तो लाग्छ केही पछि हेर, ती शब्दै हराई जाला
नयाँ आयाम अनि देखासिकी, यस्तै भो चालामाला
मान्नुपर्छ नयाँ चलन ती, नभुली पुराना रिती
ध्यानमा राख्नु अवश्यअहिले, चाडपर्व तिथीमिती ।
(४)

सिक्दै जानु कतिपय कुरा, व्यवहारिक ज्ञान पनि
हाम्रो आफ्नै घर पठशाला, ज्यादै फलदायी छ नि ।
हिड्नु पर्छ अवश्य पनि अहिले, नयाँ गोरेटो बाटो ।
भुल्नु हुन्न कदापी हामीहरुले, पुर्खा हिडेको माटो ।
(५)