सलाङमा धादिङका वडा स्तरीय भलिबल हुने

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २५, २०८०

धादिङ । धादिङ जिल्लामा १३ स्थानीय तहका १०४ वटा वडाहरु छन् । वडा भित्र रहेका खेलाडीहरु सहभागी हुन पाउने गरी धादिङको सिद्धलेक ३ लाङ स्थित इटपानीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता बैशाख १ गतेबाट हुने भएको छ ।

मनकामना समाज सुधार युवा क्लवले आयोजना गर्न लागेको यस प्रतियोगितामा प्रथमहुने टिमले ५० हजार, द्वितिय हुने टिमले ३० हजार र तृतिय हुने टिमले २० हजार नगद पाउने आयोजकले जनाएको छ ।