न्यु किबो बोर्डिङमा प्रि–प्राइमरी ग्राजुएशन सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २१, २०८०

धादिङ । धादिङको सदरमुकाम पुछारबजारमा रहेको न्यु किबो बोर्डिङ स्कुलले कक्षा यूकेजीमा अध्ययन गरेका विद्यार्थीहरूको दिक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रिन्सिपल प्रयास रेग्मीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेशलन प्याब्सनका केन्द्रिय सदस्य काशीनाथ कोईरालाको रहेको थियो ।

आज प्रि–प्राइमरीको नतिजा सार्वजनिक गरिएको छ, अन्य कक्षाको नतिजा चैत ३० गते हुने र नतिजा सँगै नयाँ शैक्षिक सत्रको भर्ना सुरुहुने प्रिन्सिपल रेग्मीले धादिङपोष्टलाई बताए ।