एड्भान्स एकेडेमीमा प्रि–प्राइमरी ग्राजुएशन सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २१, २०८०

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा पूर्व प्राथमिक तहको ग्राजुएशन बुधबार सम्पन्न भएको छ । कक्षा यूकेजीमा अध्ययन गरेका विद्यार्थीहरूको दिक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यर्थीहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो जसमा विद्यार्थीहरूका विविध प्रतिभाहरू प्रदर्शन गरिएको थियो ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’को अध्यक्षतामा र नेपाल आर्मीका मेजर कृष्ण जङ पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्याब्सन धादिङका अध्यक्ष विनोदमान श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमबिच प्रि–स्कुलका विभिन्न कक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी सम्मान गरिएको थियो भने यूकेजीका विद्यार्थीहरूलाई प्रिस्कुल कम्प्लेशनको प्रमाणपत्र सहित सम्मान गर्दै दिक्षान्त समारोह समापन भएको थियो ।

विद्यालयले प्रत्येक वर्ष पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूलाई लक्षित गरी भव्य रूपमा दिक्षान्त समारोह आयोजना गर्ने गरिएको विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले बताए । कार्यक्रममा प्रयोगात्मक शिक्षण विधि सँगै गुणस्तरीय शिक्षा एड्भान्सको मर्म रहेको बताउँदै नयाँ शैक्षिक सत्र २०८१ को लागि भर्ना कार्यक्रम सुरुभई सकेकोले आफ्ना नानीबाबुहरुलाई समयमै भर्ना गर्न आग्रह समेत प्रिन्सिपल श्रेष्ठले गरेका थिए ।