मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक पनि पाए विश्वासको मत

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २०, २०८०

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् ।

संघीय सरकारमा गठबन्धन परिवर्तन भए सँगै कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरे सँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले नयाँ गठबन्धन र हाम्रो नेपाली पार्टीको साथमा बहुमत पुर्याउँदै विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले प्रस्तुत गरेको प्रस्तावको पक्षमा ५६ मत परेको थियो ।

यस्तै, विपक्षमा ३७ मत र १५ जनाले मत गरेनन् । ११० जना सदस्य रहेको बागमती प्रदेश सभाको आजको बैठकमा १०८ जना सांसदले सहभागीता जनाएका थिए ।

यस अघि २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका जम्कट्टेलले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले समर्थन फिर्ता लिएपछि सरकार गठनको ६८ दिन पछि चैत ८ गते दोस्रो पटक फेरि विश्वासको मत लिएका थिए ।