माओवादी केन्द्र धादिङको कार्यालय बैठक बस्दै

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १७, २०८०

धादिङ । माओवादी केन्द्र धादिङको जिल्ला कार्यालय बैठक आज दिनको ११ बजे पार्टी कार्यालयमा बस्ने भएको छ ।

जिल्ला सचिव दिपक लामिछाने (सुवोध) का अनुसार जिल्ला इञ्चाज पुष्पविक्रम मल्ल बनेर आउनु भएको छ । उहाँको विशेष आथित्यतामा हुने बैठकमा जिल्लाबाट केन्द्रमा प्रतिनीधित्व गर्ने केन्द्रिय सदस्यहरु, प्रदेश सचिवालय सदस्यहरु, जिल्ला पदाधिकारीहरु सहभागि रहने उनले बताए ।

अभियना संचालनका लागि कार्यविभाजन वैठकको मुख्य एजेष्डा रहने बताईएको छ । (फाईल तस्वीर)