धादिङको बेलिनीटारमा कबड्डी प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १६, २०८०

धादिङ । धादिङको गल्छी गाउँपालिका २ बेलिनीटारमा विल्केश्वर युवा क्लबले चैत २९ गते देखि २०८१ बैशाख १ गते सम्म जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नयाँ बर्ष २०८१ को अवसर पारेर आयोजन गरिन लागेको उक्त प्रतिथयोगिताको पुरस्कार राशी प्रथमलाई ३० हजार, द्वितियलाई १५ हजार तथा तृतियलाई ७ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।