
धादिङ । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सिजन मिडियाले आयोजना गरेको ‘मिस इकलेज २०२४’ मा फष्ट रनरअप बन्न सफल भएकी छिन् धादिङकी रशिला थापा ।
धादिङको थाक्रे गाउँपालिका ७ कालीकास्थान निवासी रशिला धादिङ पोलिटेक्निकल स्कुल गजुरीबाट डिप्लो पुरा गरेकी उनी फष्ट रनरअप हुँदा आर्जु पौडेलले उपाधी जित्न सफल भएकी थिईन । उक्त प्रतियोगितामा सेकेण्ड रनरअप स्वस्तिका बज्राचार्य, थर्ड रनर अप बेनिसा बज्राचार्य भएका थिए ।
त्यसैगरी अन्य विभिन्न विधा मिस चार्मिङ इप्सा मानन्धर, मिस प्रर्सनालीटी सुमित्रा सापकोटा, भिर्योस च्वाइसमा कुमारी कटुवाल, मिस कन्फीडेन्टमा सृष्टि साही, मिस फोटोजेनीक अर्चना चौधरी, मिस इनोसेन्ट अन्जली चौधरीले जित्न सफल भए ।