धादिङ अस्पतालमा कार्यरत डा. प्रतिभा मृत फेला

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १६, २०८०

धादिङ । धादिङ अस्पतलामा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला परेकी छिन् । घर विदामा रहेकी उनी काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत भेटिएकी हुन् ।

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक समेत प्राप्त उनको मृत्यु बारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

उनको निधन प्रति धादिङ अस्पतालले दुख व्यक्त गरेको छ ।