
धादिङ । सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानका क्रममा धादिङमा २० हजार ५४ जना बालबालिकालाई खोप लगाईएको स्वास्थ्य कार्यालयले जनाएको छ । धादिङमा २२ हजार २२ हजार ३९ जना ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाउने लक्ष्यका साथ अभियन संचालन गरिएको थियो ।
धादिङमा फागुन १३ देखि चैत ७ गते सम्म चलेको अभियानका क्रममा सबै भदा धेरै नीलकण्ठ नगरपालिकामा ४ हजार ४७ जना र सबैभन्द कम नेत्रावती डवजोङमा ४४७ जना बालबालिकालाई यो खोप लगाईएको छ । स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलका अनुसार धादिङमा २२१ स्वास्थ्यकर्मी र ४४२ जना स्वयमसेवकहरु यस अभियनमा २२१ खोपमा परिचालन गरिएको थियो ।
फागुन १३ देखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको अभियानमा ५६ लाख ४३ हजार ९१२ बालबालिकाले खोप लगाएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताएका छन् । ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । लक्ष्यअनुसार ९६ प्रतिशतले खोप लगाएको उनले बताए ।
भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप दिइएको थियो । ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप दिइएको थियो ।
