दशौं एन्फा लिग धादिङको आज सेमिफाईनल

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ५, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा जारी दशौं जिल्ला लिगको आज सेमिफाईनलका खेलहरु हुने भएका छन् ।

जिल्ला लिग खेल्न पाउने १० टिम मध्य ८ टिमले मात्रै खेलेको यस लिगमा लिग चरण पार गरि पहिलो सेमिफाईनल खेल भद्रकाली सामुदायीक विकास समाजले दिनको १ः३० बजे गलौंदी युवा क्लव सँग खेल्ने भएको छ भने दोस्रो सेमिफाईनल खेल ३ बजे धुनीबेसी युवा समाजले धादिङबेसी स्थित ब्वाईज युजाईटेड सँग खेल्ने भएको छ । दुबै खेल धुनीबेसी स्थित निमार्णधिन रंगशालामा हुने छ ।

यस प्रतियोगितामा अंक स्कोरको आधारमा दुबै पोलका विजेता र उपविजेता सेमिफाईनल पुग्ने छन् । यस प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने समेत महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए । फाईनल खेल भोली अर्थात चैत ६ गते हुने छ ।