धादिङ १ बाट कांग्रेस महासमिति सदस्यमा कृष्ण रिजाललाई सर्वाधिक मत

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ४, २०८०

धादिङ । नेपाली कांग्रेस धादिङको प्रतिनीधि सभा क्षेत्र नं. १ स्तरीय महासमिति सदस्यका लागि भएको निर्वाचनमा कृष्ण रिजालले सर्वाधिक मत ल्याएका छन् ।

११ जनाको लागि भएको उक्त निर्वाचनमा १७ जनाको उम्मेदवारी परेको मध्य कृष्ण रिजालले सबैभन्दा बढी ४५४ मत ल्याएका थिए भने तीन जना निर्विरोध निर्वाचित भएका थिए ।

हरि अधिकारी प्यानल र मधुकुमार श्रेष्ठको प्यानमा भएको निर्वाचनमा श्रेष्ठ प्यानलबाट उनी मात्रै विजयी भएको बताईएको छ । निर्वाचित हुनेमा अन्यमा खुल्ला तर्फ जीवनाथ ढकाल ३८८ मत, प्रभात किरण सुवेदी ४१२ मत, हरि अधिकारी ४३२ मत ल्याएका छन् ।

यस्तै महिला तर्फ तीन जना उम्मेदवार मध्य अप्सरा कोईराला ४२४ मत र शर्मिला विसुराल ४३३ मत ल्याई विजयी भए । खस आर्य तर्फबाट दिपकान्त थपलिया ३४५ मत, आदिवासी जनजाती महिलाबाट सीता थापामगर, आदिवासी जनजातीबाट कविन साक्य र दलितबाटरमेश विश्वकर्मा निर्विरोध निर्वाचित बनेका छन् ।