रुसी सेनामा कार्यरत धादिङका पूर्णबहादुर गुरुङ सहित थप सात नेपालीको निधन

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २, २०८०

धादिङ । रुसी सेनामा कार्यरत धादिङका पूर्णबहादुर गुरुङ सहित थप सात जना नेपालीको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुने अन्य नेपालीहरुमा जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको परराष्ट्रले जनाएको छ ।

यसअघि सरकारले सार्वजनिक गरेको मृतक सूचीमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरी उल्लेख छ । कन्सुलर विभागका अनुसार मृत्यु भएकामध्ये परिवारको सहमतिमा सन्दीप थपलिया, रूपक कार्की र देवान राईको अन्तिम संस्कार रुसी सेनाले सम्पन्न गरिसकेको छ ।