धादिङको दशौं एन्फा लिग जारी आज सम्मको स्कोर

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिका स्थित रंगशालामा जिल्ला लिग फुटबल प्रतियोगिता धादिङ जिल्ला फुटबल संघको आयोजनामा जारी छ ।

आज पाँचौं दिन धुनीबेसीले ३ अंक जोड्दै पोल ‘B’ को शिर्ष स्थानमा कायमै रहेको छ, भने गलौदी युवा क्लव, गजुरीले न्यू स्टार युवा क्लव, थाक्रेलाई पराजित गर्दै ३ अंक थप्दा आजको अन्तिम खेलमा पञ्चकन्या युवा क्लव, थाक्रेलाई पराजित गर्दै भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङले ३ अंक जोड्दै पोल ‘A’ को टपमा आएको छ ।

आज सम्मको अंक स्कोर

पोल ‘A’
भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ ५ अंक
गजुरी सामुदायीक विकास समाज गजुरी ४ अंक
पञ्चकन्या युवा क्लव, थाक्रे ४ अंक
ब्वाईज युनाईटेड, नीलकण्ठ ४ अंक
इन्द्राणी युवा क्लव, गजुरी

पोल ‘B’
धुनीबेसी युवा क्लव, धुनीबेसी ७ अंक
गलौदी युवा क्लव, गजुरी ५ अंक
विद्यार्थी उपकार संघ, नीलकण्ठ ४ अंक
न्यू स्टार युवा क्लव, थाक्रे ३ अंक
धादिङ सामाज धादिङ, नीलकण्ठ

भोली चैत्र २ गते हुने खेलहरु

  • बिहान ८ः३० बजे, गजुरी सामुदायीक विकास समाज गजुरी vs ब्वाईज युनाईटेड, नीलकण्ठ
  • दिनको १ बजे, धादिङ सामाज धादिङ, नीलकण्ठ vs गलौदी युवा क्लव, गजुरी
  • दिउँसो २ः३० बजे, भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ vs इन्द्राणी युवा क्लव, गजुरी

दुई पोल बनाएर खेलाईएको यस प्रतियोगितामा अंक स्कोरको आधारमा दुबै पोलका विजेता र उपविजेता सेमिफाईनल पुग्ने छन् । यस प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने समेत महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए ।