धादिङको दशौं एन्फा लिग खेल अपडेट (स्कोर समेत)

Avatar photo
नारायण सिलवाल
बुधबार, फाल्गुन ३०, २०८०

धादिङ । धादिङको जारी दशौं एन्फा लिगको आज भएको पहिलो खेलमा गजुरी सामुदायीक विकास समाज गजुरी र भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङले गोल रहित खेल्दै १– १ अंक बढेका छन् भने दोस्रो खेलमा इन्द्राणी युवा क्लव, गजुरी नखेले सँगै पञ्चकन्या युवा क्लव, थाक्रे विजयी हुँदै आफ्नो खातामा ३ अंक थप्न सफल भयो भने ।

आजको अन्तिम खेलमा विद्यार्थी उपकार संघ, नीलकण्ठले न्यू स्टार युवा क्लव, थाक्रेलाई २ –१ को गोल अन्तरले पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ । दुई पोल बनाएर खेलाईएको यस प्रतियोगितामा अंक स्कोरको आधारमा दुबै पोलका विजेता र उपविजेता सेमिफाईनल पुग्ने छन् ।

अहिले ससम्मको अंक स्कोर
पोल ‘A’
गजुरी सामुदायीक विकास समाज गजुरी ४अंक
पञ्चकन्या युवा क्लव, थाक्रे ४ अंक
ब्वाईज युनाईटेड, नीलकण्ठ २ अंक
भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ २ अंक
इन्द्राणी युवा क्लव, गजुरी

पोल ‘B’
धुनीबेसी युवा क्लव, धुनीबेसी ४ अंक
विद्यार्थी उपकार संघ, नीलकण्ठ ४ अंक
न्यू स्टार युवा क्लव, थाक्रे ३ अंक
गलौदी युवा क्लव, गजुरी २ अंक
धादिङ सामाज धादिङ, नीलकण्ठ

भोली चैत्र १ गते हुने खेलहरु

  • बिहान ८ः३० बजे, धुनीबेसी युवा क्लव, धुनीबेसी vs धादिङ सामाज धादिङ, नीलकण्ठ
  • दिनको १ बजे, गलौदी युवा क्लव, गजुरी vs न्यू स्टार युवा क्लव, थाक्रे
  • दिउँसो २ः३० बजे, भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ vs पञ्चकन्या युवा क्लव, थाक्रे

यस प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने समेत महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए ।