धादिङका सरोज पाण्डे नगरपालिका संघको विभागमा मनोनित

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २९, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष सरोज पाण्डे नेपाल नगरपालिका संघको सार्वजानिक सेवा व्यबस्थापन विभागको सदस्यमा मनोनित भएका छन् ।

देशभरका २९३ नगरपालिका को वडा अध्यक्ष हरु मध्यबाट उनी मनोनित भएका हुन् । नेपाल नगरपालिका संघको अध्यक्षमा नीलकण्ठ कै मेयर भिम प्रसाद ढुङ्गाना छन् ।

स्थानीय तहको गत निर्वाचनमा पाण्डेले ६३१ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए उनको प्रतिद्वन्दी माओवादी केन्द्रका कुमार थापामगरले ५५० मत ल्याएका थिए ।