ज्वालामुखीको अध्यक्ष कप फुटबल वडा नम्बर ५ ले जित्यो

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २७, २०८०

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आयोजना गरेको प्रथम ज्वालामूखी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८० वडा नम्बर ५ ले जितेको छ ।

विजेता वडा नम्बर ५ का खेलाडीहरु
डेनिस भण्डारी, सन्देश भण्डारी, ज्ञानविर तामाङ, धिरन अाले, सचिन भण्डारी, प्रविन राना, रुविन तामाङ, धिरन गुरुङ, सुजन परियार, अक्षकुमार तामाङ, मिका तामाङ, सन्देश तामाङ

पालिकाका वडाहरुबाट सहभागी १२ टिम मध्य ५ वडा नम्बर १-० को गोल अन्तरले विजेता बन्दा वडा नम्बर ज्वालामुखी ७ उपविजेता बन्यो भने सान्तोना ज्वालामुखी ४ बनेको हरि थापाले धादिङपोष्टलाई बताए ।

आज सम्पन्न उक्त प्रतियोगितामा प्रथमलाई पुरस्कार १ लाख ५ हजार, द्वितियलाई पुरस्कार ७५ हजार, सान्तोनालाई पुरस्कार ४० हजार, पुस्कार प्रदान गरिएको थियो ।