मुकुन्द सेन स्मृति कपको सेमिफाईनल समिकरण पुरा

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २२, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ६ सुनौलाबजारमा फगुन १९ गते देखि जारी सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । सेमिफाईनल खेल फागुन २४ गते हुने छ ।

१० टिम सहभागी यस प्रतियोगितामा आयोजक सेता र जन आवाज जितेर सिधैं सेमिफाईनल आईपुगेका हुन् भने धादिङ फुटबल क्लव र अरुणदय युवा क्लव सिद्धलेकले दुई खेल जितेर आएका हुन् । आजको क्वाटर फाईनलमा अरुणदय युवा क्लवले २–१ को गोल अन्तरले वाईसीएललाई हराएको थियो भने धादिङ फुटबल क्लवले जलकेनी गुरुङ समाजलाई ६–१ को गोल अन्तरले हराएको थियो ।

प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलका अनुसार यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार रहेको छ ।

यस अघि भएको पहिलो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।