मुकुन्द सेन स्मृति कप अपडेट डीएफसी र एवाईसी विजयी

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २१, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा फुगुन १९ गते देखि जारी सहिद मुकुन्द सेन स्मृति कप दोस्रो खुल्ला फुटबल प्रतियोगितामा पहिलो चरणका आज दुई खेल सम्पन्न भएका छन् ।

आजको पहिलो खेलमा अरुणेदय युवा कलव सिद्धलेकले रघुनाथ जनजागर समाजलाई ३–२ को गोल अन्तरले पराजित गरेको छ भने धादिङ फुटबल क्लव (डीएफसी) ले आयोजकलाई २–० ले पराजित गरेको छ । अब भोली फागुन २२ गते आजको विजेता डीएफसीले जनकेनी युवा समाजको सामना गर्ने छ भने अरुणदयले वाईसीएल नीलकण्ठको सामाना गर्ने छ ।

अघि भएको दुई खेलबाट आयोजक सेता र जन आवाज युवा क्लव माने सेमिफाईनल पुगि सकेका छन् । मानेले २ गोलले नवलपुरलाई हराउँदै र आयोजक सेतोले वाईसीएल नीलकण्ठ १२ लाई ६ गोलले हराउँदै सेमीफाईलन यात्रा तय गरेका हुन् ।

प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलका अनुसार यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार रहेको छ ।

यस अघि भएको पहिलो मुकुन्द सेन स्मृति खुल्ला फुटबल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।