धादिङका पुरुषोत्तम, नेपाल फलफूल थोक व्यवसायी संघको कोषाध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २०, २०८०

धादिङ । नेपाल फलफूल थोक व्यवसायी संघको अधिवेशनबाट धादिङ नीलकण्ठ नगरपालिका साँङ्कोष निवासी पुरुषोत्तम घिमिरे कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

सामाजिक कार्यमा देखिने गरेका घिमिरे मण्डली फ्रुट सेन्टर, फलफूल थोक विक्रेता काठमाडौंको संचालक हुन् । शनिबार सम्पन्न निर्वाचनमा उनले ८९ मत ल्याई कोषाध्यक्षमा विजयी हुँदा उनको प्रतिद्वन्दी डम्बर बहादुर बस्नेतले २७ मत मात्रै ल्याएका थिए ।

संघको निर्वाचनबाट नयाँ कार्य समितिका लागि अध्यक्षमा अम्मर बानिया, उपाध्यक्षमा मेघनाथ चौलागाई, महासचिवमा सुविन्द्र शाही, सचिवमा सरोज श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम घिमिरे र सदस्यहरुमा सफल न्यौपाने, अनिश श्रेष्ठ (बसन्त), अर्जुन प्रसाद हुमागाई, विष्णु प्रसाद चौलागाई निर्वाचित भएका छन् ।