
धादिङ । योङ कम्यूनिष्ट लिग (वाईसीएल) बागमती प्रदेश र सहिद स्मृती प्रतिष्ठानले सहिद सप्ताहको अवसरमा आयोजना गरेको प्रदेश स्तरीय अन्तर जिल्ला भलिबलमा चितवनद्वारा धादिङ पराजित भएको छ ।
चितवनले धादिङलाई लगातार तीन सेट नै २५–१४, २५–१७, २५–१८ मा पराजित गरेको हो । पराजित भए सँगै धादिङ प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तो थियो धादिङ टिम
निशान त्रिखाती, प्रदिप थापा मगर, विदुर इटनी, योहान तामाङ, मिलन घले, प्रकाश तामाङ, अनुभव तामाङ, सम्राट श्रेष्ठ, शिरिष तामाङ, राजन तामाङ
टिम कोच: दिलिप थापामगर
टिम व्यवस्थापक: राजन लम्सााल
अनुमानित ४२ लाख खर्च अनुमान गरिएको यस प्रतियोगिताको विजयी टिमले १ लाख ११ हजार १११, उपविजेताले ५५ हजार ५ सय ५५ रुपियाँ , तृतीयले ३३ हजार ३३३ रुपियाँ, वेष्ट सटर, वेष्ट प्लेयर, बेष्ट लिप्टर, बेष्ट ब्लकर, बेष्ट कोचलाई ५-५ हजार प्रदान गरिने वाइसीएल नेपाल बागमती प्रदेशका संयोजक साजन अधिकारीले बताए ।