एड्भान्समा ड्रिल प्रदर्शनी

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १८, २०८०

धादिङ । एड्भान्स एकेडेमीका विद्यार्थीहरुले नृत्यकला, वक्तृत्वकला, गायन कला साथै ड्रिल प्रदर्शनी गरेका छन् ।

नीलो सदनका विद्यार्थीहरू र शिक्षकहरूको आयोजनामा भएको उक्त कार्यक्रममा सदनभित्रका विद्यार्थीहरूले आफ्नो नृत्यकला, वक्तृत्वकला, गायन कला प्रस्तुत गर्नुका साथै ड्रिल प्रदर्शनी गरेका हुन् ।

नीलो सदनका छात्रहरू अमृत गुर्छान मगर र संगम लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए भने सदनको संयोजक शिक्षिक विजय तामाङको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयको तर्फबाट कम्पनी सञ्चालक अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीले उक्त कार्यक्रमको आतिथ्यता ग्रहण गरेका थिए ।

नीलो सदनभित्र रहेका सम्पूर्ण विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रस्फुटन गर्ने हेतुले एड्भान्स एकेडेमीले यस कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए । विद्यालयमा अन्य सदनहरूको दिवस पनि यस्तै विशेष कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ ।